पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ, २१ साउन । काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हिजो बेलुका धादिङको गल्छी गाउँपालिका-२ का सुजन मगर, ईश्वर मगर र विकेश मगरलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल, चार राउण्ड गोली र एउटा म्याग्जिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com