देउवा सरकारले ऐतिहासिक भुल गर्योः मुख्यमन्त्री पोखरेल

काठमाडौँ, २१ साउन । लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्वको गठबन्धनको सरकारले ऐतिहासिक भुल गरेको बताउनुभएको छ ।

गठबन्धन सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विगठन गरी १२ लाख भन्दा बढी भूमिहिन घरपरिवारको टाउकोमा बञ्चरो हानेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले संविधान अनुसार कानुनत गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलब्धता जस्ता आधारभुत कार्यदेश स्थानीय तहलाई प्रदान गरएको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग नै विघटन गर्नु सरकारको निकै ठूलो भूल भएको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘भूमिहिन दलित र सुकुम्वासी समस्याको समाधान गर्नु राज्यको सम्वैधानिक दायित्व हो । विगतमा कानुको अभावमा समस्याको समाधानमा व्यवधान सिर्जना हुदै आएको थियो । यसपटक सरकारले संसदवाट कानुन वनाएर भूमि आयोग गठन गरेको थियो । अव्यवस्थित वसोवासको समस्या नेपालको तराई क्षेत्रको विकराल समस्या हो । यसको समाधान राज्यको सामर्थ्यवृद्धिसंग पनि गासिएको विषय हो । कानुनतः गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलव्धता जस्ता आधारभूत कार्यादेश स्थानियतहलाई प्रदान गरिएको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा आयोगनै विघटन गर्नु सरकारको निकै ठूलो भुल हो । आयोगको विघटन भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको आशा र अपेक्षामाथिको घात हो । यस प्रकारको जनविरोधी कार्यको सबैले विरोध गरौ । आयोगलाई पुनस्थापित गर्नका लागि जनदवाव सिर्जना गरौ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com