‘एमाले केन्द्रीय कमिटीको नामबाट बोलाइएको बैठक आधिकारिक होइन’

काठमाडौँ, २१ साउन । नेकपा एमालेको केन्द्रीय कार्यालयले भोलि साउन २१ गते ‘एमाले केन्द्रीय कमिटी’को नामबाट बोलाइएको बैठक अनधिकृत भएको बताएको छ ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेको नामबाट भोलि बस्न लागेको बैठक अनधिकृत भएको जनाउँदै आपत्ति प्रकट गरेको हो । एमालेको असन्तुष्ट पक्ष नेपाल–खनाल समूहले बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

सो बैठकलाई लक्षित गरी एमाले कार्यालय सचिवले विज्ञप्ति जारी गरी पार्टी केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेका हुन् ।

पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा उनले अपिल समेत गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com