बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुग्यो

एजेन्सी, २१ साउन । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरको तथ्यांकअनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुगेको छ ।

बुधबार थप ११९ जना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कुल मृतक संख्या एक लाख तीस हजार पुगेको हो । गएको एक सातामा ५७० जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो एक सातामा मृतक संख्या १४.५ प्रतिशतले वृद्धि भएको छ, जुन चार महिना यताकै उच्च हो ।

यसैगरी, पछिल्लो २४ घन्टामा थप २९ हजार ३१२ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै बेलायतमा संक्रमित हुनेको कुल संख्या ५९ लाख ५२ हजार ७५६ पुगेको छ । संक्रमित संख्या अघिल्लो दिनको तुलनामा झन्डै ८ हजारले बढेको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com