सुकुम्वासी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ, २१ साउन । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संगठनकी अध्यक्ष शान्ता चौधरीले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् ।

No photo description available.

साउन २२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने, २३ गते देशभरका भुमिहिन, सुकुम्वासी, अव्यवस्थित बस्तीहरुमा जनाकारी तथा जागरण कार्यक्रम गर्ने र २४ गते जिल्ला जिल्लामा विरोध सभासहित थप कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com