थप ३९३८ जनामा कोरोना संक्रमण, २०१२ जना डिस्चार्ज

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८ हजार ७९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार १२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ जना रहेको छ । आज ३७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com