स्रोतको अनुमति लिएरमात्र सामग्री सम्प्रेषण गर्न/गराउन काउन्सिलको आग्रह

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल नेपालले आग्रह गरेको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकको निर्णय समेतको आधारमा आज एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री बिना अनुमति साभार गरी सम्प्रेषण गर्ने गरेको विषयमा उजुरी तथा जनगुनासाहरू बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।

बैठकले “सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयंले काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आह्वान गर्ने” निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com