आजदेखि देशभर भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

काठमाडौँ, २२ साउन । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ ।

गएको असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com