विधान संशोधनबारे अध्यक्ष ओलीले छलफल गर्ने

काठमाडौँ,२२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान संशोधनका नेताहरुसँग आन्तरिक छलफल गर्ने भएका छन् ।

आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरुप अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका सिमित नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओलीले स्थायी र केन्द्रीय समितिका केही नेताहरुसँग आन्तरिक छलफल गर्न लागेको बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com