थप ३७२९ जनामा कोरोना संक्रमण, १८८५ जना डिस्चार्ज

काठमाडौँ, २२ साउन । थप ३ हजार ७ सय २९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख १० हजार ५ सय ९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ८ सय ८५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ६५ हजार ५ सय ४८ जना रहेको छ । आज २५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार १९ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com