आजदेखि देशभरि मास्क अभियान सुरु

काठमाडौँ, २३ साउन । आजदेखि देशभर मास्क अभियान सञ्चालन हुँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन हुने भएको हो ।

मन्त्रालयले मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । एक हप्ते अभियानमा मास्क कसरी लगाउने भनेर सिकाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार स्वास्थ्य स्वयंसेविकामार्फत गाउँटोलमा मास्कको महत्त्वबारे सिकाइने छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com