थप ३२१८ जनामा कोरोना संक्रमण, १७२२ जना डिस्चार्ज

काठमाडौँ, २३ साउन । थप ३ हजार २ सय १८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख १२ हजार ७ सय ४० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ७ सय २२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ६७ हजार २ सय ७० जना रहेको छ । आज १९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको १० हजार ३८ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com