नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौँ, २४ साउन । नेकपा ९एमाले०को केन्द्रीय कमिटी बैठक सरेको छ ।

आज आइतबारका लागि बोलाइएको बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि ११ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com