मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी, २४ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४, चिरौली चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार को८प ४११५ नम्बरको मोटरसाइकल गएराती अनियन्त्रित भएर दुर्घटना हुदा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३५ वर्षीय हेमन्त उराउको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com