अध्यक्ष ओलीद्वारा नेता योगेश भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, २४ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता योगेश भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा साउन २३ गते निधन भएको थियो । आज एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले यस दुखद् घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न योगेश भट्टराई लगायत सबै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
