सयौं युवाहरु एमालेमा प्रवेश

रामेछाप, २४ साउन । पछिल्लो समय देशभर सत्तारुढ गठबन्धनप्रति जनताको तिव्र असन्तुष्टि हुन थालेको छ । असन्टुष्टिसँगै पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को लाग्न थालेको छ ।

एमालेको प्रभाावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले देशभर संगठन विस्तार र पार्टी प्रवेशलाई उच्च प्राथमिकता दिई युवाहरुलाई पार्टी प्रवशे तथा गोलवन्द गर्ने अभियान नै सञ्चालन गरको । यसै क्रममा शनिवार युवा संघ सुनापती पालिका कमिटीको अगुवा कार्यकर्ता भेला तथा कमिटी घोषणा कार्यक्रममा राजु तामाङ र नारायण श्रेष्ठको नेतृत्वमा माओवादी पार्टी परित्याग गरी ४१ जना युवाहरू युवा संघ नेपाल र यूथफ़ोर्समा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला पार्टी इन्चार्ज, बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री आदरणीय कैलाश प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यमा तथा संघका केन्द्रीय उपाध्यक्ष एवं युथ फोर्स विभाग उपप्रमुख पुष्प राज श्रेष्ठको विशेष आतिथ्यमा, विशेष अतिथी द्वय नेकपा एमाले केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख कमल प्रसाद चौलागाईं, नेकपा एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा परिषदको उपाध्यक्ष माधव ढुङ्गेल, अतिथिहरुमा नेकपा एमाले जिल्ला कमिटी रामेछापको अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया, संघका केन्द्रीय सचिव प्रकाश गौतम लगायतका अतिथीहरुको उपस्थितिमा नवप्रवेश गर्ने युवाहरुलाई अविर तथा खादा लगाएर स्वागत गरिएको थियो ।

शुक्रवार युवा संघ ललितपुर जिल्ला गोदावरी नगरपालिका स्तरिय युवा भेलाद्वारा कार्यक्रमा नेपाली कांग्रेसका ५० जना क्रियासिल सदस्यहरु प्रमुख अतिथि महेश बस्नेत र विशेष अतिथि संगठनका अध्यक्ष किरण पौडेलको हातबाट खादा र टिका लगाई पार्टी प्रवेश गराउनुभएको छ । त्यस्तै संघका अध्यक्ष किरण पौडेल तथा गण्डकी प्रदेशका सांसद तथा संघका पूर्वअध्यक्ष राजिव पहारीले संघको केन्द्रीय कार्यालयमा सिन्धुली र रामेछापका २१ जना कांग्रेस तथा माओवादीका सक्रिय युवा नेताहरुलाई संघमा प्रवेश गराउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com