काठमाडौँ उपत्यकामा थप ९५१ जनामा कोरोना पुष्टि
काठमाडौँ, २४ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९५१ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ गरी ९५१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार ३८३ पुगेको छ ।