गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताबारे पुनर्विचार गर्ने बेला भयो: अध्यक्ष थापा

चितवन, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताएका छन् ।

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताए । “पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन । अब विचार नै परिवर्तन गर्न जरुरी छ,” उनले भने ।

सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व र समृृद्धिको यात्रा पूरा नहुने भन्दै उनले यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताए । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com