विश्व आदिवासी दिवस मनाइँदै

काठमाडौँ, २५ साउन । आज २७ औँ विश्व आदिवासी दिवस मनाइँदै छ ।

सन् १९९४ देखि मनाइँदै आएको दिवसको यस वर्षको नारा ‘कसैलाई पछाडि नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नारासहित तय गरिएको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन ।नेपालले सन् २००७ सेप्टेम्बर १३ तारिखमा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र त्यस अनुसार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com