आज २ मिनेट सित्तैमा पठाओको ट्याक्सी बुक गर्न सकिने
काठमाडौँ, २५ साउन । आज अगष्ट ९ तारिखका दिन २ मिनेट सित्तैमा ट्याक्सी बुक गर्न र चढ्न पाइन्छ ।
उक्त अफर पठाओ कार लाइट (ट्याक्सी) को दोस्रो एनिभर्सरीको अवसरमा पठाओले घोषणा गरेको हो ।
दिउँसो २ बजेदेखि दुई बजेर २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले निशुल्क ट्याक्सी चड्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।