२६ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

तनहुँ, २५ साउन । जिल्ला अदालत तनहुँबाट कैद फैसला भएर फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।

लागुऔषध मुद्दामा फरार आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने २६ वर्षीय आशिष रामदामलाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ जिल्ला अदालतले निजलाई विसं २०७६ साउन १ गते २६ दिन कैद र रु दुई हजार २०० जरिवानाको फैसला सुनाएको थियो । निजलाई आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com