तीर्थालु चढेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रौतहट, २५ साउन । रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान चन्द्रपुर नगरपालिका-१ नुनथरमा ना ५च ३१६६ नम्बरको बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना हुदा बारा गढिमाईकी ४५ वर्षीया मीना देवी कोइरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

पाँच जना घाइते भएका छन् । दुर्घटनामा परेकी एक महिला हराइरहेको तथा पाँच जना घाइतेलाई उपचारका लागि चन्द्रपुर पठाएको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com