लुम्बिनीमा मुख्यमन्त्रीका लागी गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर

बुटवल, २८ साउन । लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ ।

आज माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com