प्रदेश १ मा एमाले बैठक बस्दै, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

विराटनगर, १० भदौ । नेकपा ९एमाले० प्रदेश १ संसदीय दलले आज बैठक बोलाएको छ ।

बिहीबार बिहान ९ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ । पार्टी विभाजनपछि पहिलो पटक आज बैठक बोलाइएको हो । राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । एमालेका एक सांसदका अनुसार आचार्यलाई बिहीबार नै मुख्यमन्त्री शपथग्रहण गराउने सम्भावना छ ।

बैठकले माधव समूहमा लागेका सांसदलाई कारवाही गर्न सक्ने सम्भावना पनि रहेको एमाले स्रोतले बतायो । प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन् । प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् । अर्का एक सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार हुनुहुन्छ । एमाले ओली पक्षकी सांसद खातुन संसदीय दलको बैठकमा हस्ताक्षर गर्नका लागि आउने स्रोतको दाबी छ ।

एमालेका ५१ मध्ये नयाँ पार्टीमा १८ जना सांसद् रहने केन्द्रीय सदस्य राजेन्द्र राईको दावी रहेको छ । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा एमाले सरकार ढालेर गठबन्धनमो सरकार बनाउन ८(९ जनाको संख्या थप भए पुग्छ । भीम आचार्य एमालेमा रहँदा उनीसँग २(३ जना सांसद जान सक्ने माधव पक्षको आकलन छ । प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com