जनगायक जेबी टुहुरेको निधन

काठमाडौँ, १० भदौ । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको छ ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको र सोही अस्पतालमा उपचारका क्रममा बिहीबार निभन भएको हो ।

उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो । टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com