कांग्रेस सभापति देउवाद्वारा वडा अधिवेशन शुभारम्भ

भक्तपुर, १८ भदौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरबाट वडा अधिवेशन शुभारम्भ गरेक छन् ।

देउवाले सूर्यविनायक नगरपालिकाका वडामा पूगी अधिवेशन शुभारम्भ गरेका हुन् । आजदेखि वडा अधिवेशन र २१ भदौदेखि निर्वाचन हुने यसअघि नै कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन् । आज ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने बताइएको छ । यही भदौ २७ गते गाउँ-नगर अधिवेशन हुने कार्यतालिका रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com