सभामुखलाई नेता भट्टराईको चेतावनीः एमालेविरुद्ध खेल्नुभएको खेल ‘भारी र चुनौति’ बन्छ

काठमाडौँ, २४ भदौ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले सभामुख अग्नी सापकोटाले संसदको सवैभन्दा ठूलो दल एमालेको विरुद्ध खेल्नुभएको खेल उहाँकै लागि आगामी दिनमा भारी र चुनौती बन्ने चेतावनी दिनुभएको छ ।

हिजो बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसद भट्टराईले सभाामुखले निश्पिक्षतामाथि गंभिर प्रश्न खडा गर्नुभएको आरोप लगाउनुभयो । विगतको आफ्नै नजिरलाई समेत लत्याउँदै माओवादीको कार्यकर्ताको हैसियतामा सभामुखले एमालेविरुद्ध खेल खेलेको आरोप लगाउँदै सांसद भटट्राईले ससभामुखले संविधानलाई समेत चुनौती दिएको प्रति संकेत गर्दै आक्रोस जनाउनुभयो ।

एमालेले कारवाही गरेका १४ जना सांसदलाई कुनै न कुनै तवरले बचाउने रणनीतिमा सभामुख लाग्नुभएको उल्लेख गर्दै नेता भट्टराईले सभामुखले पदीय जिम्मेवारी लिएपछि दल त्यागेको कुरालाई भुलेको बताउनुभयो । समाभुख सापकोटाले आफ्नो गल्तीलाई आत्मालोचित हुनुपर्नेमा जोड दिँदै नेता भट्टराईले गल्तीलाई तत्काल सच्याउन आग्रह समेत गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com