आज ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौँ, २९ भदौ । आज राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी स् बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा राखेको छ । पछिल्ला वर्ष विश्वव्यापी कोरोना महामारीका कारण बालबालिकाको नियमित पठनपाठनमा असर पुगेको छ । अठार वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू सङ्क्रमणको जोखिममा छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com