महन्थले लिए १० रुपैयाँ तिरेर लोसपाको सदस्यता

काठमाडौँ, ३० भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सदस्य वितरण अभियान सुरु गरेको छ । अध्यक्ष ठाकुरलाई नै सदस्यता दिएर हिजोदेखि वितरण अभियान सुरु गरिएको हो ।

अध्यक्ष यादवलाई लोसपाकै ज्येष्ठ नेता सर्लाहीका प्रदीप नारायण यादवले सदस्यता प्रदान गरे । त्यसपछि अध्यक्ष ठाकुरबाट वरिष्ठ नेता राजेन्द्र महतो, वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झाले सदस्य प्राप्त गरेका छन् । हाललाई उनीहरुले १० रुपैयाँ तिरेर साधारण सदस्यता लिएका छन् ।

जसपा नेपालबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गरेका हुन् । १० रुपैयाँ तिरेर फारम भरेपछि मात्र पछि सक्रिय सदस्यता पाइनेछ । सक्रिय सदस्यताका लागि ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com