एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा
काठमाडौँ, १ असोज । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ ।
मिनभवनमा मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर सन्चालनमा ल्याएको पार्टी कार्यालय अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान उदघाटन गरेका छन् ।
भुइँतलासहित चार तले सो घरको मालिक पूजा थापा बस्नेत हुन् । घरमा १५ वटा कोठाहरु छन् ।