मृत्युपत्रमा हस्ताक्षर गरेर आमुने सामुनेमा आउन माओवादी कार्यकर्ता बर्तौलालाई नेता छत्कुलीको चेतावनी
काठमाडौँ, ९ असोज । नेकपा माओवादी केन्द्रका कार्यकर्ता जनक बर्तौलालाई आमुने सामुनेमा भिड्न आउनलाई नेकपा एमालको भातृ संगठन राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य बाबु छत्कुलीले चेतावनी दिनुभएको छ ।
वाइसिएलका कार्यकर्ता बर्तौलाले एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई अनावश्यक आरोप लगाई चर्चामा आउने घृणित प्रयास गरेको भन्दै नेता छत्कुलीले परिस्थिती अनुसार जस्तोसुकै अवस्थामा समेत आमुने सामुने भई भिड्ने चेतावनी दिनुभएको हो । बर्तौलाले अराजनीतिक भाषा प्रयोग गरी प्रगतिशिल आन्दोलनका अथक योद्धा महेश बस्नेतको विरुद्धमा गरिएका रवैया जारी राख्ने हो भने मृत्युपत्रमा हस्ताक्षर गरेर मात्रै आमुने सामुन्नेमा आउन चेतावनी दिनुभयो ।
बर्तौलाको गतिविधिको विरुद्धमा आक्रोस उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘माओवादीका कार्यकर्ता जनक बर्तौलाले हाम्रो गौरवशाली पार्टी नेकपा एमालेका युवा नेता एवम् सांसद माननीय महेश बस्नेतलाई आफु चर्चामा आउनका निम्ती एउटा टोले केटोको स्तरले अराजनैतीक भाषा प्रयोग गरेर चेतावनी दिने कुचेष्टा गरेछन् । मलाई त्यस्ता अराजनैतीक तबरको टिप्पणी देखेर बर्तौला जी प्रती दयाका साथ माया लागेर आयो । मिस्टर बर्तौला ! लाखौं युवाहरुको आशा र भरोषाका केन्द्र, प्रगतिशिल आन्दोलनका अथक योद्धा, आदर्णीय महेश बस्नेतको होइन, यदी तिम्रो यस्तै अनावश्यक रबैया जारी राख्ने हो भने तिमी मृत्युपत्रमा हस्ताक्षर गरेर मात्रै आमेन सामेन हुन म राष्ट्रिय युवा संघको एक सदस्यको तर्फबाट चुनौती दिन चाहन्छु ।’