मधेसी आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

हरेक संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने संवैधानिक दायित्व अन्तर्गत मधेसी आयोगको प्रतिवेदन बुधबार राष्ट्रपति समक्ष पेस गरिएको हो ।

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com