विश्व बसोबास दिवस आज मनाइँदै

काठमाडौँ, १८ असोज । आज विश्व बसोबास दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्दैश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।

सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम ९युएन ह्याविट्याट० को आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । ‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्बनरहित विश्व’ नाराका साथ यस वर्षको विश्व बसोबास दिवस मनाउन लागिएको विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले बताए । दिगो विकास लक्ष्यको लक्ष्य १।१ ले समावेशी तथा दिगो शहरीकरण गर्ने लक्ष्य लिएको छ ।

विश्व बैंकको तथ्याङ्कअनुसार सन् १९९० देखि हालसम्म शहरी जनसङ्ख्या चारगुणाले बढेर ४.२ अर्बभन्दा धेरै पुगेको छ । शहरीकरणका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढी विश्व तापमान एक तिहाइभन्दा धेरै भएको विभागले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com