भक्तपुरमा एकिकृत समाजवादीका ६ जिल्ला नेताले छाडे साथ

भक्तपुर, १८ असोज । नेकपा एमालेबाट पार्टी विभाजन गरी माधव कुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकिकृत समाजवादी पार्टीको झुटको खेती भक्तपुरमा एक महिना पनि टिक्न सकेन ।

एकिकृत समाजवादी पार्टीले जिल्लाका केही एमालेका स्थानीय नेता तथा कार्यकर्ताको नाम उल्लेख गरी भदौ २६ गते जिल्ला कमिटी गठन गरेको थियो । उक्त जिल्ला कमिटीमा राखिएका नामहरु सम्बन्धीत व्यक्तिलाई जानकारी समेत नदिई आफ्नो पार्टीमा लागेको भन्दै प्रचारवाजी गरेको भन्दै ६ जनाले आपत्ति जनाएका छन् ।

एकिकृत समाजवादी जिल्ला कमिटीमा रहेको भनिएका हेमन्ता खड्का, खुमानन्द ज्ञवाली, सरस्वती घिमिरे, उत्तम परियार, बलराम मिजार र दिक्षा आचार्यले आफुहरु एमालेको नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै निरन्तर पार्टीले खटाएको काममा लागिरहेको समेत उल्लेख गरेका छन् । आफुहरु मुल पार्टी एमालेमा नै रहेको स्पष्ट पारेका छन् ।

एक विज्ञप्ती जारी गर्दै उक्त ६ जनाले माधव नेपालको नेतृत्वमा रहेको समाजवादी पार्टीले आफुहरुको राजनीतिक भविष्यमाथि अन्धकार बनाउने प्रयास गरेको समेत आरोप लगाए । जिल्लाभर उक्त पार्टीमा दुई जना जनप्रतिनिधिहरु मात्र गएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com