मानव कल्याण समाजको पहिलो बाल शाखा उद्घाटन
भक्तपुर, २२ असोज । मानव कल्याण समाज (सेवा घर)को पहिलो बाल शाखा समुद्घाटन गरिएको छ ।
विहिवार समारोह सूर्यविनायक नगरपालिकाको उप-प्रमुख जुना बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सूर्यविनायक १० का वडा अध्यक्ष शिवराम राउतको बिशिस्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कलाकार मनिष राउत, कमेडी च्याम्पियन हिमेश पन्त, जिल्ला समन्वय भक्तपुरका सदस्य गिता देउजा, गैर सरकारी महासंघ भक्तपुरका अध्यक्ष नारायण न्यौपाने, बाल सङ्घठन भक्तपुरका अध्यक्ष राजेश खड्का, श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरका प्रमुख संरक्षक अरबिन्द शास्त्री, मदरल्याण्ड स्कुलका प्रीन्सिपल सञ्जय खड्का, सत्यशक्ती पुस्तक पसलका प्रोपाइटर तथा हाम्रा अभिभावक महेश थापा, सुनपा वडा १० क वडा प्रशासन प्रमुख कुमार राउत, वेभ ग्रुपका अध्यक्ष नरेश रन्जित, समाजसेवी अभिभावक बेदप्रसाद खरेल, मानव सहायता समूह परिवार, मानवताको लागि महिला समूह परिवार लगायत मानवताप्रेमी परोपकारी व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बस्नेतले नगरपालिकाको तर्फबाट प्राप्त सहयोगलाई निरन्तरता दिने र स्थायीत्वको लागि छिटोभन्दा छिटो अघि बढ्ने कुरा व्यक्त गर्नु भयो । विशिस्ट अतिथि वडा अध्यक्ष राउतले सेवाघरको स्थायित्वको लागि जग्गा उपलब्ध गराउने कार्यमा आफ्नो पूूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्य अतिथिहरुले बाल सेवा घर र छोराछोरीको उज्ज्वल भविष्यको शुभावना अर्पण गर्नुभएको थियो थियो ।
