राजेश कुशवाहामाथि भएको दुर्व्यवहारबिरुद्ध सडकमा उत्रिए इञ्जिनियर

काठमाडौँ, ५ कार्तिक । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

बिहीबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै कुशवाहालाई नियन्त्रणमा लिएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । जसको विरोधमा आज काठमाडौँको माइतीघरमा नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले प्रदर्शन गरेको हो ।

May be an image of 5 people, people standing, outdoors and text

विरोध प्रदर्शनमा सहभागीले पाखुरामा कालो पट्टी बाँधेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।

May be an image of 6 people, people standing and text that says 'HICKEN HICKENSALIVI αμνυ Burger & Crunchy Fried Chicken संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सि.डि.ई. राजेश कुशवाहामाथी भएको दुर्व्यवहार विरुद्धमा विरो ध कार्यक्र'

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com