ओलीको गृहजिल्लामा माओवादीमा गयो पहिरो: ३ हजार नेता–कार्यकर्ता एमालेमा प्रवेश

झापा ७ कार्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ३ हजार माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

झापाको विर्तामोडमा आज भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका छन । व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा आएका हुन् ।

माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गरेका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहेका छन । कार्यक्रमाम संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com