सत्यमोहन जोशीले दिए एमाले महाधिवेशनको शुभकामना
काठमाडौँ, १ मंसिर । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीले शुभकामना दिएका छन् ।
आज एक भिडिओमार्फत महाधिवेशन सफलताको शुभकामना दिँदै जोशीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा आफुलाई असाध्य मन परेको बताउदै त्यसका लागि देशको कला, संस्कृति पनि समृद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्, ‘देश खान पाएर मात्रै समृद्ध हुँदैन, देश समृद्ध हुनका लागि जनताको जनजीवन माथि आउनु परयो । जनजीवन दरिद्रताले सताएको हुनुहुँदैन जीवन सुखी बनाउन समृद्ध नेपालको ठुलो भूमिका हुन्छ ।’ उनले एमालेको १० औं महाधिवेशन सफलताको शुभकामना दिदै समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पको बाटो पुरा गर्न आर्शिवाद समेत व्यक्त गरेका छन् ।