भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

काठमाडौँ, २२ मंसिर । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ । दुर्घटनामा घाइते भएका कम्तीमा ३ जनालाई अस्पताल लगिएको स्रोतलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com