कल्याण गुरुङद्वारा सभापति पदमा उम्मेदवारी दर्ता

काठमाडौँ, २५ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

गुरुङका अनुसार परिवर्तन न्याय र समानताका लागि उम्मेदवारी दर्ता गरेका हुन । उनले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन ।

नेपाली काँग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने काँग्रेसले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com