कांग्रेस महाधिवेशनः शेरबहादुरको प्यानलमा शंशाकदेखि गणेश लामासम्म

काठमाडौँ, २७ मंसिर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावकालागि नेताहरु विभिन्न समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवाको समुहको लिस्ट सार्वजनिक भएको छ । जसमा सभापतिमा देउवा उपसभापतिमा बिजय कुमार गच्छदार, पूर्ण बहादुर खड्का महामन्त्रीमा डा. प्रकाश सरण महत, प्रदीप पौडेल रहेका छन् ।

केन्द्रिय सदस्य खुल्लामा ३५ जनाको कोटामा गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, डा. शंशाक कोइराला, गणेश लामा लगायत रहेका छन् । कोइराला भने अर्को प्यानको भएपनि देउवाले आफ्नो प्यानलको लिस्टमा राखेका छन् । उनको नाम देउवा लिस्टमा दोस्रो नम्बरमा छ । लामाको नाम अठ्ठाइसोँ नम्बरमा राखेका छन् ।

कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com