बन्दसत्रमा अध्यक्ष दाहालद्वारा राजनीतिक प्रतिवेदन पेश
काठमाडौँ, १२ पौष । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
बन्द सत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक एवं वैचारिक प्रतिवेदन पेश गरेका हुन् । बन्द सत्रमा नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेश गरिएको हो ।
अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । उक्त प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको भने छैन । प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिसकेपछि नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् । त्यसपछि ती प्रतिवेदनहरुमा बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ ।
राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने बताइएको छ ।