पशुपतिनाथको मूल मन्दिर बन्द

काठमाडौँ, ५ माघ । कोरोनाभाइरस बढेसँगै पशुपतिनाथको मूल मन्दिर बन्द भएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आजदेखि पशुपतिनाथको मूल मन्दिर र गुह्वेश्वरी मन्दिर बन्द गरिएको हो । नित्य पूजाबाहेक अरू सबै पूजा बन्द गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com