११३५२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, ५  माघ । थप ११ हजार ३ सय ५२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छन । यो एकैदिनमा पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी संक्रमणको संख्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ जना रहेका छन । त्यस्तै आज ६ सय १३ जना डिस्चार्ज भएका छन । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय २८ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com