सरकारले घटायो कोरोना परीक्षणको शुल्क

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com