राजदूत नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने सुनुवाइ समितिको निर्णय

काठमाडौँ, ५ माघ । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर छलफल गर्ने भएको छ ।

राजदूत सिफारिस समानुपातिक समावेशी नभएको भन्दै समितिले प्रधानमन्त्रीलाई उपयुक्त मितिमा बोलाएर जानकारी माग गर्ने निर्णय गरेको हो ।

संविधानको धारा ४२ मा समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने उल्लेख छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com