मोबाइल मर्मत केन्द्रबाट लागुऔषध बरामद, एक जना पक्राउ

कर्णाली, १० माघ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–६, शनिहल लाइनस्थित एस.के. मोबाइल मर्मत केन्द्रबाट लागुऔषध बरामद गरेको छ ।

ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले आइतबार लागुऔषधसहित मोबाइल मर्मत केन्द्रका सञ्चालक २७ वर्षीय सुनील खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रहरीले खत्रीलाई पक्राउ गर्नुका साथै उनीबाट १४० मिलिग्राम ब्राउन सुगर र  एकथान स्क्रीनटच मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com