आजको मौसम

काठमाडौँ, ११ माघ । देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समभावना रहेको छ ।

पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । त्यस्तै आज राति देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपात हुने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । मनाङ, मुस्ताङ, सोलुखुम्बुल, हुम्लालगायत जिल्लामा लगातारको हिमपातका कारण तापक्रम शून्य डिग्री सेल्सियसभन्दा तल झरेको छ । तापक्रम न्यून हुँदा जनजीवन प्रभावित भएको छ ।  काठमाडौँमा आज बिहान ६ बजेको तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com