आजको सुनचाँदीको मूल्य
काठमाडौँ, ११ माघ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १३ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।