५ वटा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौँ, १२ माघ । पाँच वटा निर्माण व्यवसायी तथा आपूर्तिकताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको छ ।

कालो सूचीमा राख्न लेखी पठाइएका कम्पनीहरूमा श्री कर्णाली विल्डर्स, जनकपुरधाम, श्री तितुङ कन्स्ट्रक्सन प्रालि, काठमाडौँ, श्री कुशलदेव निर्माण सेवा, रसुवा, श्री एशियन मोर्डन जेभी, विराटनगर र मोर्डन सुज प्रालि टोखा रहेका छन् । प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयसहित चार निकायहरुले उनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरेका हुन् ।

अनुगमन कार्यालयले उनीहरूसँग कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्न मा गरे पनि हालसम्म स्पष्टीकरण पेस नगरेको जनाएको छ । कार्यालयले स्पष्टीकरण पेस गर्न थप सात दिनको समय दिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com